

-
इजरायल : अमेरिका र इरानबीचको युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ । इजरायल र अमेरिकाले एकअर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिँदा मध्यपूर्वमा तनाव चर्किँदै गएको छ ।
इजरायलले इरानको राजधानी तेहरानमा रहेका सुरक्षा मुख्यालय र दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको इजरायली रक्षा बल ९आईडीएफ० का प्रवक्ता अविकय अद्राईले बताएका बीबीसीले जनाएको छ ।
यस्तै इजरायली आक्रमणमा परेर लेबनानमा चार जनाको ज्यान गएको छ । पूर्वी लेबनानी शहर बालबेकमा चार तले आवासीय भवनमा इजरायली आक्रमणमा अन्य ६ जना घाइते भएका छन् ।
सोमवार इरान समर्थित लडाकु समूह हिजबुल्लाहले इजरायलमा ड्रोन र मिसाइल प्रहार गरेपछि इजरायलले लेबनानभरि हवाई आक्रमणको लहर चलाएको छ र दक्षिणमा सेना पठाएको छ ।
इरानले पनि इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमणलाई निरन्तरता दिएको छ । इरानले कतारमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको खबरमा उल्लेख छ । हिजो इरानले संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा रहेको अमेरिकी वाणिज्य दूतावासमा ड्रोन प्रहार गरेको थियो ।
गएको शनिवार अमेरिका–इजरायली आक्रमण शुरू भएदेखि इरानमा कम्तीमा एक हजार ९७ जना मारिएका अमेरिकामा रहेको मानव अधिकारकर्मी समाचार एजेन्सीले जनाएको छ ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ । युद्ध चर्किँदै जाँदा क्षेत्रीय सङ्कट झन् गहिरिएको छ । युद्धका कारण मध्यपूर्वमा हवाई सेवा गम्भीर रूपमा प्रभावित भएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



