

-
काठमाडौं : मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।
यसैबिच आइतबार नै परराष्ट्र मन्त्रालयले एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी मध्यपूर्वको वर्तमान अवस्था, त्यहाँ रहेका नेपालीहरूको तथ्याङ्क र सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारीबारे विस्तृत जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख ९सहसचिव० रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मन्त्रालयले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिसकेको र सम्बन्धित दूतावासमार्फत नेपालीहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकिएको जानकारी दिए । राजदूत र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न ह्वाट्सएप ग्रुप बनाएर चौबीसै घण्टा अपडेट लिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको दोहोर्याए ।
’सरकारले हरेक अवस्थाको नजिकबाट मूल्यांकन गरिरहेको छ ।आपतकालीन अवस्था आइपरेमा उद्धार गर्न संयन्त्रहरू तयार राखिएको छ,’ ढकालले भने, ’यस्तो बेलामा सामाजिक सञ्जालमा आउने अप्रमाणित र भ्रामक सूचनाको पछि नलाग्न, नआत्तिन र सम्बन्धित दूतावास वा मन्त्रालयले जारी गरेका आधिकारिक सूचनामा मात्र विश्वास गर्न म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।’
सरकारले अत्यावश्यक नपरी हाललाई ती देशहरूको भ्रमण नगर्नसमेत नेपाली नागरिकहरूलाई आग्रह गरेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



