

-
मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि सुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ ।
रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले हिजो पश्चिमी मेक्सिकोमा थप २ हजार ५ सय सैनिक पठाइएको बताउनुभएको बीबीसीले जनाएको छ । योसँगै आइतवारदेखि समग्रमा झन्डै ९ हजार ५ सय सैनिक तैनाथ भएका छन् ।
‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो ओसेगुएरा सर्भान्टेसको आइतवार जालिस्को राज्यमा मेक्सिकन विशेष बलले पक्राउ गरेको केही समयपछि हिरासतमा ज्यान गएपछि कम्तीमा २० वटा राज्यमा अशान्ति फैलिएको खबरमा उल्लेख छ ।
‘जलिस्को न्यू जेनेरेशन कार्टेल’ (सीजेएनजी) मेक्सिकोको सबैभन्दा डरलाग्दो आपराधिक सङ्गठनहरूमध्ये एक हो र यसका नेता देशको ‘मोस्ट वान्टेड’ अर्थात् सर्वाधिक खोजिएका व्यक्ति थिए ।
हिंसा सुरू भएदेखि नै जालिस्को राज्यमा मेक्सिकोको राष्ट्रिय गार्डका कम्तीमा २५ सदस्यको ज्यान गएको सुरक्षामन्त्री ओमर गार्सिया हार्फुचले जानकारी दिएका छन् ।
‘एल मेन्चो’ लाई पक्राउ गर्न आइतवार हलिस्को राज्यको तापाल्पा क्षेत्रमा मेक्सिकन सेनाले अपरेशन चलाएको थियो । सेना र कार्टेल सदस्यबीच मुठभेड हुँदा ‘एल मेन्चो’ गम्भीर घाइते भएका थिए । अपरेशनमा एल मेन्चो र उनको समूहका थप चार सदस्यीय मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लगातार लागूऔषध अमेरिकामा तस्करी भइरहेको र त्यसलाई रोक्न चेतावनी दिँदै आएका थिए । अमेरिकाले ‘एल मेन्चो’ बारे सूचना दिनेलाई १ करोड ५० लाख डलरको इनाम दिने घोषणा पनि गरेको थियो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



