

-
बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले निकालेको वक्तव्यमा लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत–बंगलादेशबीचको गहिरो र दीर्घकालीन मित्रता तथा साझा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उल्लेख छ ।
बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले बहुमतसहित सरकार गठन गर्न लागेको हो । पार्टी अध्यक्ष तारिक रहमान अब बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । ढाकामा रहेको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई समारोहमा निमन्त्रणा पठाएको खबरमा उल्लेख छ ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह ढाकामा रहेको राष्ट्रिय संसद परिसरमा आयोजना हुनेछ । नवनिर्वाचित सांसदहरूको शपथ भोलि बिहान १० बजे र मन्त्रिपरिषद्को शपथ भोलि दिउँसो ४ बजे हुने भनिएको छ ।
३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आंकलन गरिएको छ । प्रधानमन्त्री मोदीले चुनावी परिणाम सार्वजनिक भएपछि तारिक रहमानलाई फोन गरी बधाई दिनुभएको थियो, जसलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



