

-
काठमाडौँ । नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन् ।
एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ । राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले फागुन १७ गते मलेसियासित खेल्नेछ । नेपालले दोस्रो खेल फागुन १८ गते हङकङसित, तेस्रो खेल फागुन २१ गते थाइल्यान्डसित तथा चौथो खेल फागुन २३ गते सिङ्गापुरसित खेल्नेछ ।
प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी–ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी–ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी–ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन् । नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



