

-
म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ । तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू-भागमा मतदान हुन नसक्ने अवस्थाले यो चुनावलाई व्यापक रूपमा ‘नक्कली’ भन्दै आलोचना गरिरहेका छन् ।
पश्चिमी देशहरू र युरोपेली संसदले चुनावलाई अस्वीकार गरेका छन् भने आसियान क्षेत्रले राजनीतिक संवाद बिना चुनाव नगर्न आग्रह भनेको छ । सैनिक सरकारले भने चुनाव म्यानमारकै लागि भएको दाबी गर्दै आलोचना अस्वीकार गरेको छ ।
नागरिकहरूबीच भने चुनावप्रति असन्तुष्टि र बहिष्कारको भावना बलियो देखिएको छ । चुनाव तीन चरणमा एक महिनाभित्र सम्पन्न गरिने बीबीसीले जनाएको छ । जसमा ३ सय ३० मध्ये २ सय ७४ क्षेत्रमा चुनाव गरिने भनिए पनि झन्डै देशको आधा भू-भागमा चुनाव हुन नसक्ने अनुमान गरिएको छ ।
चुनावको नतिजा आउँदो एक महिनाभित्र आइसक्ने खबरमा उल्लेख छ । नयाँ कानूनअन्तर्गत चुनावको विरोध वा अवरोध गरेको आरोपमा दुई सयभन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । चर्चित कलाकार र चलचित्रकर्मीहरू समेत ७ वर्षको जेल सजायमा परेका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले अभिव्यक्ति र शान्तिपूर्ण सभाको अधिकार नहुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गएको मार्चमा आएको विनाशकारी भूकम्प र अन्तर्राष्ट्रिय सहयोग कटौतीले म्यानमारको अवस्था झन् जटिल बनेको छ ।
राष्ट्रियस्तरमा ६ दल चुनावमा सहभागी छन्, जसमा सैन्य समर्थित युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टी प्रमुख हो । आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसीसहित झन्डै ४० दल त्यहाँ प्रतिबन्धित छन् ।
News Desk 0 response आइतवार, पुस १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



