-
ताइवानलाई हतियार बिक्री गरेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले १० व्यक्ति र २० अमेरिकी रक्षा फर्मलाई लक्षित गरि प्रतिबन्धको घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिबन्धमा पर्नेमा विश्वकै ठूलो एअरोस्पेस निर्माताहरूमध्ये एक बोइङ पनि समावेश छ । प्रतिबन्धमा परेका कम्पनी र व्यक्तिहरूको चीनमा रहेका सम्पत्ति रोक्का हुने खबरमा उल्लेख छ । साथै चीनभित्रका संस्था र व्यक्तिहरूलाई उनीहरूसँग व्यापार गर्नबाट रोक लगाइने मन्त्रालयले भनेको छ ।
गएको हप्ता अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड अमेरिकी डलरकोे हतियार बिक्रीको घोषणा गरेपछि चीनले यो कदम चालेको हो । ताइवानका लागि अहिलेसम्मकै ठूलो अमेरिकी हतियार प्याकेजले चीनमा आक्रोश निम्त्याएको छ ।
ताइवान मुद्दा चीनको मुख्य चासोको केन्द्रबिन्दु रहेको र यो मुद्दा चीन–अमेरिका सम्बन्धमा आउन नहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताएका छन् ।
ताइवान मुद्दामा सीमा नाघ्ने कुनै पनि उत्तेजक कार्यलाई चीनले कडा प्रतिक्रिया दिने र ताइवानलाई हतियार प्रदान गर्ने खतरनाक प्रयासहरू बन्द गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, पुस ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३