• हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट २ जना घाइते भएका छन् ।

    आगलागीबाट ५ वटा घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक सुरू भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका हुन् ।

    घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट पुर्याइएको छ । आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ ।