

-
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गरेका छन् । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र वा आर्थिक क्षेत्र स्थापना गर्ने प्रस्ताव समावेश गरिएको छ ।
जसमा युक्रेनमाथि फेरि आक्रमण भएमा अमेरिका, नाटो तथा युरोपेली देशहरूबाट संयुक्त सुरक्षा प्रत्याभूति प्रदान गरिने उल्लेख छ । पूर्वी डोनबास क्षेत्रको सन्दर्भमा उनले युक्रेनी सेनाले केही दूरीसम्म भारी हतियार फिर्ता लिएर निःशस्त्रीकरण वा आर्थिक क्षेत्र बनाउन सकिने बताएको बीबीसीले जनाएको छ । रूसले डोनेत्स्क क्षेत्रको झन्डै एक चौथाइ भूभागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ ।
तर युक्रेनले रूसले पनि बराबर दूरीसम्म आफ्ना फौज फिर्ता गर्नुपर्ने शर्त अघि सारेको छ । नयाँ योजनामा युक्रेनलाई शान्ति कालमा अधिकतम ८ लाख सैनिक बल राख्न अनुमति दिने, युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गर्ने, र रूससँग गैर–आक्रमण सम्झौता गर्ने प्रस्ताव छ ।
साथै, अन्तर्राष्ट्रिय निगरानी संयन्त्रसहित सीमामा विदेशी बल परिचालन गर्ने विषय पनि उल्लेख गरिएको छ । जेलेन्स्कीले डोनबास र जापोरिज्जिया परमाणु विद्युत् केन्द्र वरपर आर्थिक क्षेत्र स्थापना गर्नुपर्ने र रूसले सुमी र खार्किभलगायत अन्य केही क्षेत्रबाट फौज फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
यस योजनामा युक्रेनलाई युरोपेली संघमा सदस्यता दिने स्पष्ट समयसीमा प्रस्ताव गरिएको छ भने झन्डै २०० अर्ब डलरको लगानी कोष स्थापना गर्ने योजना पनि समावेश छ । यस विषयमा रूसको प्रतिक्रिया आउन बाँकी रहेको खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, पुस १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



