• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले गोप्य छलफल गरेका छन् ।

    शीतलनिवासमा राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोप्य छलफलमा ब्यस्त छन् ।

    गोप्य छलफल अघि भने प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । उनी निस्किएको केही बेरमा ओली, देउवा र प्रचण्ड पुनः गोप्य छलफलमा जुटेका हुन् ।

    प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टा भएको थियो दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए ।

    छलफलका विषयहरू भने अहिले सार्वजनिक भएका छैनन् । संसद पुनःस्थापनाको माग सहित सर्वोच्च पुगेका निवर्तमान संसदहरुको सुनुवाई हुनै लाग्दा राष्ट्रपतिसँगको प्रमुख दलका शीर्ष नेताहरुको भेटघाटलाई विशेष चासोका साथ हेरिएको छ ।