

-
काठमाडौँ । आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी भदौ तेस्रो साता हुने भएको छ ।
आयोजक बङ्गलादेश भलिबल सङ्घले कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको बताइएको छ । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । “हाललाई बन्द प्रशिक्षण स्थगित गरेका छौँ, आर्थिक अवस्थाका कारण लामो समयसम्म प्रशिक्षण सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।
प्रतियोगिताको दुई महिनाअघि पुनः बन्द प्रशिक्षणको आयोजना गरिने महासचिव चन्दले बताउनुभयो । सङ्घले आजदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको थियो । सङ्घले उक्त च्याम्पियनशिपका लागि हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा खेलेका १३ खेलाडी तथा अन्य पाँच खेलाडीसहित प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
सेन्ट्रल जोन भलिबलका लागि इम राना (कप्तान), विनोद चन्द, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, धनबहादुर भट्ट, टेकराज अवस्थी, दीपकराज जोशी, ईश्वर थापामगर, विशाल विक, हरि अधिकारी, हरिहजुर थापा, शरण क्षेत्री, दुर्गा खड्का, द्वारिका थापा, राजु शेरचन, दुर्गा महतो, दीपक राज र कुलबहादुर थापालाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।
“बङ्गलादेश भलिबल सङ्घले प्रतियोगिता सरेको जानकारी गराएपछि हाललाई प्रशिक्षण रोक्नु परेको हो”, नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले भन्नुभयो, “खेलाडीले आ–आफ्नो क्लबमा अभ्यास जारी राख्नेछन् ।” उक्त प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, तुर्किमिनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मालदिभ्सलगायत देशको सहभागिता रहनेछ । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



