

-
अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज (ट्यांकर) कब्जा गरेको छ।
शनिबार भेनेजुएलाको तेल बोकेर एशियातर्फ जाँदै गरेको पानीजहाज भेनेजुएलाकै तटीय क्षेत्रबाट अमेरिकाले कब्जा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी समुद्री सुरक्षाकर्मीले सेनाको सहयोगमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रारत पानीजहाजलाई नियन्त्रणमा लिएको हो।
अमेरिकी गृहमन्त्री कृष्टी नोएमले पानीजहाजमाथि हेलिकप्टर उडिरहेको दृश्यको भिडिओ सार्वजनिक गर्दै सूर्योदय हुनुअघि कार्बाही सम्पन्न भएको बताएकी छन्।
भेनेजुएलाको तेल बोकेको ट्यांकर अमेरिकाले कब्जा गरेको यो दोस्रो घटना हो।
यसअघि डिसेम्बर १० मा इरानसँग सम्बन्धका कारण प्रतिबन्धित ‘स्किपर’ नामक ठूलो तेल ट्यांकर अमेरिकाले नियन्त्रणमा लिएको थियो।
ट्रम्प प्रशासनले प्रतिबन्धित तेल ट्यांकरहरूलाई रोक्ने नीति घोषणा गरेसँगै समुद्री निगरानी कडा बनाएको छ।
तर शनिबार रोकिएको जहाज भने कुनै अमेरिकी प्रतिबन्धमा नपरेको अधिकारीले बताएका छन्। ट्यांकरका कर्मचारीहरूले अमेरिकी कारबाहीमा प्रतिरोध नगरेको जनाइएको छ।
अमेरिकी कारबाहीपछि भेनेजुएलाका विदेश मन्त्री इभान गिलले यसलाई समुद्री डकैती भनेका छन्।
घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले भेनेजुएलाका समकक्षी गीलसँग कुराकानी गरेका छन्।
गिलले पनि टेलिग्राममार्फत इरानी विदेश मन्त्री अब्बास अराघ्चीसँग आफ्नो वार्ता भएको र क्यारेबियन क्षेत्रमा उत्पन्न भएका धम्की, खतराहरू र भेनेजुएलाको तेल बोकेका जहाज कब्जा भएको घटनालाई संयुक्त रूपमा सामना गर्ने प्रस्ताव आएको बताए।
ट्रम्प प्रशासनले हालै प्रतिबन्धित तेल ट्यांकरहरूलाई निस्कन नदिने चेतावनी दिएका छन्।
यसअघि अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा हजारौं सैनिक र युद्धपोत परिचालन गरी लागुऔषध तस्करीमा संलग्न भएको भनिएका डुंगाहरूमा आक्रमण गर्दै आएको छ।
अमेरिकी आक्रमणहरूमा १०४ जनाको मृत्यु र २९ वटा डुंगा नष्ट भएको सिएनएनले लेखेको छ।
उपराष्ट्रपति डेलेसी रोड्रिगेजले अमेरिकाले “निजी जहाज चोरी” गरेको आरोप लगाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अन्य बहुपक्षीय संस्था तथा विश्व सरकारहरूसमक्ष मुद्दा उठाउने चेतावनी दिएकी छन्।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


