

-
नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ ।
यसअघि यही महिनाको सुरूतिर १ सय जना बालबालिका रिहा भएका थिए । घटनापछि अपहरणमा परेका बालबालिकाहरुको वास्तविक संख्या स्पष्ट हुन कठिन भएको र केही विद्यार्थी आक्रमणकै बेला भागेर घर पुगेको राष्ट्रसंघले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार ३ सय १५ जना हराइरहेका भनिए पनि अन्ततः सबै बालबालिका मुक्त भएको अल जजिराले जनाएको छ । बढ्दो सामूहिक अपहरणले नाइजेरियाको सुरक्षा अवस्था गम्भीर बनेको विश्लेषण भइरहेको छ । अपहरण कसले गर्यो र रिहाइ कसरी सम्भव भयो भन्ने विषय सार्वजनिक गरिएको छैन ।
नाइजेरियामा फिरौतीका लागि संगठित आपराधिक समुहहरुले यस्तो काम गर्ने गरेका छन् । अपहरण मुक्त बालबालिकाहरुको अन्तिम पहिचान र स्वास्थ्य परीक्षणको तयारी भइरहेको खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



