

-
काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण तराईरमधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहानरबेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् ।
बाक्लो हुस्सुका कारण कतिपय उडानरअवतरण पनि प्रभावित बन्दै आएका छन् । पुसलागेयता चिसो बढेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि दैनिकी नै प्रभावित बन्न थालेको हो । आज पनि तराईका क्षेत्रमा तापक्रम घट्ने तथा हुस्सु लाग्ने सम्भावना छ ।
यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी र हिमाली भागमा आंशिक बदली रही तराई भागमा हुस्सु लागेको छ । बाँकेमा अस्ति बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै चिसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या पनि बढेको छ ।
यसैबीच कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आज र भोलि बिदा दिने निर्णय गरिएको हो ।
सप्तरीको सुरुङगा नगरपालिकाले ५० जना र खडक नगरपालिकाले १ सय ५० जना अशक्तलाई कम्बल वितरण गरेको छ । त्यसैगरी रौतहटको गौर नगरपालिकाले जाडो बढेसँगै चोक–चोकमा आगो बाल्नका लागि डिभिजन वन कार्यालयसँग दाउरा माग गरेको छ ।
यस्तै काठमाण्डौमा पनि हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५।६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौमा हिजो बिहानको न्यूनतम तापक्रम ५।८ डिग्री सेल्सियस रहेको थियो ।
News Desk 0 response आइतवार, पुस ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


