

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा भएका हुन् ।
हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज दिनभर उडान प्रभावित हुँदा रास्वपा सभापति लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी दिउँसो १ बजेसम्म रोकिनुपर्यो । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुगेका हुन् ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएको हो ।
News Desk 0 response शुक्रबार, पुस ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


