

-
दमौली । विदेशी खेलाडी चम्किदा यहाँ सञ्चालित दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लवले हातपारेको छ । व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो ।
रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको पहिलो मिनेटमै एक गोल गर्नुभएको थियो । त्यस्तै १८ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सले थप एक गोल गर्दै टिमलाई जिताउनुभयो । गोल गर्ने अवसर प्राप्त भएपनि खेलाडीले त्यसलाई सदुपयोग गर्न नसक्दा अनन्तले उपविजेतामै चित्त बुझाउनु पर्यो ।
उपाधिसँगै विजेता रामथुम्की युवा क्लवलाई नगद रु एक लाख १५ हजार ५ सय ५५, ट्रफी र उपविजेता अनन्त युवा क्लवलाई नगद रु ६६ हजार ६ सय ६६ र ट्रफी प्रदान गरिएको क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । विजेताहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा वाग्लेले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिनुभयो । अनन्त युवा क्लव आयोजक नवयुवा क्लव (ए) लाई सेमिफाइनलमा ट्राइबेकर मार्फत् पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि ट्राइबेकरमा अनन्तले १५ र नवयुवाले १४ गोल गरेको थिए ।
त्यस्तै रामथुम्की युवा क्लव केएमसिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको केएमसिटीलाई दोस्रो हाफमा दुई गोल फकाउँदै रामथुम्कीले फाइनलको यात्रा तय गरेको थियो । रामथुम्कीका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । माघ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



