

-
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट)मा हिजो भएको गोली काण्डमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा १० वर्षीया बालिकादेखि ८७ वर्षसम्मका वृद्ध रहेका बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले यहूदी समुदायलाई लक्षित गरी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । यसलाई अस्ट्रेलियाको प्रहरीले आतङ्कवादी घटना भनेको छ । ज्यान गुमाउनेमा फ्रान्स र इजरायलका नागरिकहरु पनि रहेका छन् । घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ ।
सार्वजनिक भएको भिडियोमा एक सर्वसाधारण नागरिकले आक्रमणकारीबाट बन्दुक खोस्दै गरेको देखिन्छ । प्रहरीले घटनामा एक जना आक्रमणकारीको पनि ज्यान गएको बताएको छ ।
न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सका अनुसार अर्का एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समुद्री किनारमा एक कार्यक्रम चलिरहेका बेला गोली चलेको खबरमा उल्लेख छ । यद्यपि, आक्रमणको सम्बन्ध कार्यक्रमसँग सम्बन्धित भए नभएको बारे अझै पुष्टी भएको छैन ।
News Desk 0 response सोमवार, मंसिर ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



