

-
पश्चिमी म्यानमारको एक प्रमुख अस्पतालमा देशको सैन्य सरकारले गरेको हवाई आक्रमणमा बिरामीसहित कम्तीमा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै ७० जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
पश्चिमी राखाइन राज्यको म्रौक यू टाउनशिपमा रहेको अस्पतालमा बुधवार राति सैन्य विमानबाट बम खसालिएको थियो । आक्रमणबाट म्रौक यू जनरल अस्पताल पूर्णरूपमा ध्वस्त भएको अराकान सेनाका प्रवक्ताले बताएका छन् । अराकान सेना तटीय राज्यका केही भागहरूमा सत्तारूढ सरकारसँग लडिरहेको छ ।
नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई अपदस्थ गर्ने सन् २०२१ को ‘कू’ विरुद्धको प्रदर्शनलाई सेनाले दबाएपछि म्यानमार द्वन्द्वमा फसेको छ ।
अहिले चलिरहेको लडाइँका कारण राखाइन राज्यका विभिन्न भागहरूमा धेरैजसो स्वास्थ्य सेवाहरू निलम्बित गरिएको खबरमा उल्लेख छ ।
म्यानमारको वायुसेनाले विद्रोही नियन्त्रित क्षेत्रहरूभित्रका लक्ष्यहरूमाथि प्रहार गर्न हवाई आक्रमणहरू बढ्दो रूपमा प्रयोग गरिरहेको छ ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


