• काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

    आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।

    भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा उनलाई कारागार चलान गरिएको एक प्रहरी अधिकृतले बताए ।

    हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।