-
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले नेकपा एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएकोे हो । त्यस्तै इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरूसँगै राख्न पनि आदेश गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने भन्दै एमालेका तर्फबाट विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
एमाले अध्यक्ष ओलीले नै सरकारको नेतृत्व गरेका बेला २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । तर दुवै विघटनलाई त्यो बेला सर्वोच्चले बदर गर्दै संसद् पुनर्स्थापना गरेको थियो । तर अहिले एमाले संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको हो ।
News Desk 0 response बुधबार, मंसिर १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३