

-
रुसले मानव अधिकार अनुगमनका लागि स्थापित ‘ह्युमन राइट्स वाच’ लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ । न्यूयोर्कमा कार्यालय भएको दबाब समूहलाई रुसले आफ्नो भागमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
रुसले यो निर्णय गर्नुको कारणबारे बताएको छैन । सन् २०२२ मा रुसमा आफ्ना कार्यालयहरू बन्द गर्न बाध्य भएको ‘ह्युमन राइट्स वाच’ले तत्काल कुनै टिप्पणी गरेको छैन । सन् २०२२ मा फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखि रूसी न्याय मन्त्रालयले क्रेमलिनको नीति वा युद्धमा मस्कोको व्यवहारको आलोचना गर्ने दर्जनौं समूहलाई प्रतिबन्ध लगाएको थियो ।
विश्वभरका सेना र सरकारद्वारा गरिएका दुरुपयोगको अनुसन्धान र प्रतिवेदन प्रकाशित गर्ने ‘ह्युमन राइट्स वाच’ले युद्धको बारम्बार निन्दा गरेको छ र रुसी सेनालाई ‘उल्लङ्घनको लामो श्रृङ्खला’ सञ्चालन गरेको आरोप लगाएको छ । रुसले यो आरोपलाई अस्वीकार गर्दै आएको छ ।
News Desk 0 response शनिबार, मंसिर १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


