

-
चीनले दुर्लभ खनिज अमेरिका निर्यात गर्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आजदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।
चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति निकलेर त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको र सन् २०२६ को नोभेम्बरसम्म लागू हुने जानकारी दिएको छ । आजदेखि फुकुवा भएका ग्यालियम, जर्मेनियम, एन्टिमोनी निर्यातमा चीनले सन् २०२४ सालदेखि प्रतिबन्ध लगाएको थियो ।
गएको अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू भने चीनले अस्ति शुक्रवार नै स्थगित गरेको थियो ।
अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत् रहनेछ ।
चीनको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको व्यापार युद्धविराम सम्झौतापछि आएको हो । सम्झौतामा चीनले एक वर्षका लागि अमेरिकातर्फ दुर्लभ खनिजहरूको निर्यात खुकुलो बनाउने र अमेरिकाबाट कृषि उत्पादन तथा आधुनिक चिप्स आयात गर्न दिने भनिएको थियो ।
अमेरिकाले पनि चीनमाथि लगाउँदै आएको भन्सार दर १० प्रतिशतले घटाउने घोषणा गरिसकेको छ । यस्तै अमेरिकाले चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रमा सञ्चालन भइरहेका अनुसन्धानहरू अस्थायी रूपमा निलम्बन गर्ने निर्णय पनि गरेको छ ।
News Desk 0 response आइतवार, कार्तिक २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



