

-
मान्म । कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार निःशुल्क चामल दिने घोषणा गर्नुभएको थियो ।
तत्कालीन अवस्थामा निकै विरोध भएको जन्म र मृत्युमा चामल दिने कार्यक्रम अहिले भने निकै प्रभावकारी बन्दै गएको छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जन्म र मृत्यु हुँदा चामलसहित ढुवानी खर्चवापत रु एक हजार दिने गरिएको छ । कालिकोटका जन्म र मृत्युमा चामल लिनेको सङ्ख्या निकै बढी रहेको छ । कर्णालीका अन्य जिल्लाभन्दा जनसङ्ख्या पनि बढी भएका कारणले त्यहाँ चामल लिनेको सङ्ख्या बढी रहेको खाद्य संस्थान शाखा कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटमा चालू आर्थिक वर्षका सात महिनामा जन्मवापत १९० क्विन्टल २० किलो, मृत्युपश्चात ८१ क्विन्टल ८० किलो चामल गएको र त्यसवापतको रु २१ लाख दुई हजार २०० खर्च भएको खाद्य संस्थान शाखा कार्यालय कालिकोटका प्रबन्धक निर्मलकुमार थापाले बताउनुभयो । आव २०७५/७६ मा जन्म, मृत्युमा २७० क्विन्टल चामल गएको र रु २७ लाख १५ हजार ७१० खर्च भएको प्रबन्धक थापाले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



