

-
कास्की । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर गण्डकी प्रदेशअन्तर्गतका स्थानीय तहबीच ‘अध्यक्ष कप भलिबल’ प्रतियोगिता गर्ने भएको छ । यही फागुन २४ देखि २७ सम्म गाउँपालिकाले दोस्रो संस्करणको भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भलिबल प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहलाई सहभागिताका लागि पत्राचार गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । युवालाई खेलकूदको माध्यमबाट उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । भलिबल प्रतियोगिताको विजेताले रु एक लाख २० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीयले रु ९० हजार, तृतीयले रु ६० हजार तथा सान्त्वनालाई रु ३० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई जनही रु तीन हजारका दरले पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइन्छ । त्यसैगरी गाउँपालिकाभित्र लोप हुन लागेको विभिन्न जाति तथा समुदायको संस्कृति तथा परम्परालाई जर्गेना र संरक्षण गर्ने उद्देश्यले पालिकास्तरीय झाँकी प्रदर्शनीसमेत आयोजना गरिएको छ । जसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ४० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने बताइन्छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



