• काठमाडौं : नवरात्रीको नवौं दिन आज आइतबार नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाईदै छ ।

    भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ । महादेवले पनि यिनै देवीको उपासना गरेर आठ सिद्धि प्राप्त गरेको कुरा शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीकै कृपाले महादेवले अर्धनारेश्वर रुप धारण गरेको मानिन्छ । यिनै देवीको उपासनाबाट सवै सिद्धि प्राप्त हुने विश्वास छ ।

    दाहिनेतर्फको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देव्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल बोकेर कमलको फूलमाथि बसेकी देवी नै सिद्धिदात्री हुन् ।

    सवैभन्दा पहिले यो श्लोक पढ्दै देवी सिद्धिदात्रीको ध्यान गरौं
    वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
    कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ॥
    स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
    शख, चक्र, गदा, पदम, धरां सिद्धीदात्री भजेम् ॥
    पटाम्बर, परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
    मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ॥
    प्रफुल्ल वदना पल्लवाधरां कातं कपोला पीनपयोधराम् ।
    कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ॥

    सिद्धिदात्री देवीको पूजा गर्दा सवैभन्दा पहिले आफ्ना कुल देवताको स्मरण गरेर समस्त देवी, देवताको आह्वान गर्दै दियो, कलस र गणेशको पुजा शास्त्रीय विधि अनुसार गर्ने । विभिन्न पुष्प, फल तथा नैवद्य अर्पण गर्दै धुपबत्ति गर्ने ।

    महागौरी देवीलाई स्मरण गर्दै ‘ॐ देवी सिद्धिदात्यै नमः ।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नमः ।’ मन्त्र जप्दै देवीको पुजासहित आरती गर्ने । अनि दुर्गा सप्तसति महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने ।

    स्तोत्र पाठ
    कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
    स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोस्तुते ॥

    पटाम्बर परिधानां नानालंकारं भूषिता ।
    नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोस्तुते ॥

    परमानंदमयी देवी परब्रह्म परमात्मा ।
    परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोस्तुते ॥

    विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता ।
    विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोस्तुते ॥

    भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
    भव सागर तारिणी सिद्धिदात्री नमोस्तुते ॥

    धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी।
    मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोस्तुते ॥

    अन्त्यमा यो श्लेक पढेर ढोगिदिने
    प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
    तृतीयं चन्द्रघण्टेति कूष्माण्डेतिः चतुर्थकम् ।।
    पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
    सप्तमं कालरात्रीतिः महागौरीति चाष्टमम् ।।
    नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
    उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।