

-
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले उनीहरुका सामान अमेरिका पठाउँदा तिर्नुपर्ने नयाँ भन्सार दर आजदेखि कार्यान्वयनमा आएको छ । अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर तिर्नुपर्ने छ । ती कम्पनीहरूले त्यसरी बढेको खर्चको भार उपभोक्तामाथि थपिदिने भएकाले अमेरिकामा सामान महँगो हुनेछ ।
यस्तै मूल्य बढेसँगै आफ्नो सामानको निर्यात घट्ने निर्यातकर्ता देशहरुको चिन्ता छ । आजदेखि अमेरिकामा उच्च भन्सार दर तिर्नुपर्ने देश ब्राजिल बनेको छ । ब्रजिलबाट आयातित सबैजसो वस्तुमा ५० प्रतिशत शुल्क तोकिएको छ । भारतमाथि पनि ट्रम्पले ५० प्रतिशत शुल्क तोकेका छन् । तर भारतीय वस्तुमाथिको नयाँ भन्सार दर २७ अगस्टदेखि कार्यान्यवनमा आउने छ ।
अमेरिका र चीनबीच नयाँ भन्सार दरबारेमा वार्ता भइरहेको छ । दुवै देश एक अर्का विरुद्ध बढाएको नयाँ भन्सार दर तत्काल कार्यान्वयन नगर्न सहमत भएका छन् । अमेरिकाले छिमेकी देश मेक्सिकोका लागि ९० दिनसम्म पुरानै कर यथावत् रहने बताएको छ । अर्को छिमेकी देश क्यानडामाथि भने ३५ प्रतिशत भन्सार दर कार्यान्वयनमा आएको छ ।
यसैबीच अमेरिकाले अन्तर्राष्ट्रिय कानूनअन्तर्गत मुख्य व्यापार प्रतिबद्धताहरूको उल्लङ्घन गरी चर्को कर लगाएको भन्दै परामर्शका लागि विश्व व्यापार सङ्गठन (डब्लुटीओ) सँग अनुरोध गरेको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाए पनि आफ्ना किसानहरूको हित विपरित कुनै सम्झौता नगर्ने बताएका छन् । आज दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै मोदीले किसान, पशुपालक र माझीहरूको हित विपरित कसैसँग पनि सम्झौता नगर्ने बताएको बीबीसीले जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


