

-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ । उनले आफूहरु सधैं शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताएका छन् ।
यदि युक्रेन र पश्चिमी देशहरु वार्ताको मार्ग अपनाउन तयार छन् भने आफू पनि तयार रहेको राष्ट्रपति पुटिनको भनाइ छ । यो भनाइले रूस–युक्रेन युद्धको अन्त्यका लागि कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउने सङ्केत दिएको खबरमा उल्लेख छ । यद्यपि, युक्रेनी सरकार र उसका सहयोगी पश्चिमी देशहरू अझै कडा सर्तमा मात्र वार्तामा बस्ने अडानमा छन् ।
यसैबीच युद्धग्रस्त क्षेत्रहरूमा हिंसा यथावत् रहँदै आएको छ, तर पुटिनको यो अभिव्यक्ति शान्ति प्रक्रिया अगाडि बढाउन सम्भावित खाका हुनसक्ने विश्लेषकहरूले बताएका समाचारमा भनिएको छ । गएको सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ करको घोषणा गर्ने र युक्रेनलाई शक्तिशाली सैन्य हतियार दिने बताएका थिए ।
यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरुको सामना गर्न ५० दिनको समय दिएका थिए । युक्रेनमाथि लगातार हमला गरेको भन्दै ट्रम्प पछिल्लो समय पुटिनसँग चिढिनु भएको थियो । तीन वर्ष अघि सुरु भएको रुस–युक्रेन युद्धमा अहिले सम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ ।
News Desk 0 response सोमवार, साउन ६, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


