

-
अस्ट्रेलियामा बसोबास गर्दै आएका र मूल घर सिन्धुपाल्चोक, नेपाल रहेको सामाजिक अभियन्ता तथा युवा नेतृत्वकर्ता बिबेक नेपालले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
सन् २०२३ देखि २०२५ सम्म उहाँले एनआरएनए टास्क फोर्समा बसेर निरन्तर सक्रियतापूर्वक काम गर्दै पर्थ र समग्र अष्ट्रेलियाली नेपाली समुदायका विभिन्न आवश्यकता र चुनौतीहरूलाई मध्यनजर गर्दै समृद्धि र एकताको लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै भन्नुभयो, “मेरो यो उम्मेदवारी पदका लागि मात्र होइन, हाम्रो नेपाली समुदायको उज्जवल भविष्य र समृद्धि तर्फ दृढतापूर्वक अघि बढ्ने साझा लक्ष्यका लागि हो।
विद्यार्थी र नयाँ आगन्तुकहरूलाई सहज र प्रभावकारी मार्गदर्शन तथा सहयोग प्रदान गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्दै महिला र युवाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, मानसिक स्वास्थ्य र समग्र जीवनशैली सुधारका लागि सकारात्मक पहलहरू गर्ने, नेपाली संस्कृति, भाषा र पहिचानलाई शिक्षा र समावेशीकरण मार्फत संरक्षण र प्रवर्द्धन गर्ने, साथै समावेशी र पारदर्शी नेतृत्व अभ्यास गरी समुदायका सबै आवाजलाई सम्मान गर्ने वातावरण सिर्जना गर्ने, नेपाली सम्पदा र सांस्कृतिक धरोहरलाई उत्सवमार्फत संरक्षण गर्दै एकताको भावना प्रगाढ पार्ने, साथै खेलकुद र मनोरञ्जनका माध्यमबाट स्वास्थ्य र सामाजिक सम्बन्धहरूलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
उहाँले थप भन्नुभयो, “नेतृत्व केवल पद र सम्मानका लागि होइन, यो एक जिम्मेवारी हो जुन दायित्व, समर्पण र सतत् प्रयासको माध्यमबाट पुरा गर्न सकिन्छ। म मेरो सम्पूर्ण क्षमता र ऊर्जा यस कार्यका लागि लगानी गर्न तयार छु र हाम्रो समुदायलाई नयाँ उचाइमा लैजान प्रतिबद्ध छु।” बिबेक नेपालको यो उम्मेदवारीले पर्थ र समग्र अष्ट्रेलियाली नेपाली समुदायमा नयाँ उत्साह र आशाको किरण जगाउने विश्वास गरिएको छ। आगामी एनआरएनए एनसिसी निर्वाचनमा उहाँको सक्रिय सहभागिताले समुदायको समृद्धि र विकासमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
News Desk 0 response मङ्लबार, असार ३१, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


