

-
उत्तरी इराकको गुफामा खोजी अभियानका क्रममा मिथेन ग्यासको सम्पर्कमा आएर टर्किएका १२ जना सैनिकको मृत्यु भएको छ ।
हिजो गुफा खोजी र सफा गर्ने कार्यका क्रममा कम्तीमा १९ जना सैनिक मिथेन ग्यासको सम्पर्कमा आएकामा आजसम्म १२ जनाको मृत्यु भएको टर्किएको राष्ट्रिय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मिथेन ग्यास प्रत्यक्ष रूपमा विषाक्त हुँदैन तर साँघुरो र बन्द ठाउँहरूमा निसास्साउने हुँदा यो घातक हुन सक्छ ।
मिथेन ग्यासको सम्पर्कमा आएका सैनिकहरूले सन् २०२२ मा इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का लडाकूहरूविरुद्धको सैन्य अपरेशन ‘क्ल लक’ का क्रममा गोली हानाहानमा मारिएका एक सैनिकको शव खोजिरहेका थिए । अपरेशन ‘क्ल लक’ मा गुफाहरूमा हवाई हमलाका साथै जमिनमा आक्रमण पनि समावेश थियो ।
टर्किए, युरोपेली सङ्घ, बेलायत र अमेरिकामा आतङ्कवादी समूहका रूपमा प्रतिबन्धित पीकेकेले टर्किएविरुद्ध ४० वर्षदेखि विद्रोह गर्दै आएको छ ।
यसैबीच टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति दुःख व्यक्त गर्दै सैनिक परिवार र देशको सशस्त्र बलप्रति समवेदना व्यक्त गरेका खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, असार २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


