

-
इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा प्यालेस्टिनी विद्रोही समूह हमाससँग वार्ता गर्न कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।
हमासको अस्वीकार्य मागका बाबजुद इजरायलले वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा रहेको योजनामा परिवर्तन चाहेको थियो ।
शुक्रवार राति हमासले ६० दिने युद्धविराम प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार रहेको बताएको थियो । यद्यपि एक प्यालेस्टिनी अधिकारीका अनुसार हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा लडाइँ पुनः शुरू नहुने ग्यारेन्टीको माग गरेको छ ।
गाजामा नै हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले शनिवार इजरायली आक्रमण र गोलीबारीमा कम्तीमा ३५ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । नजिकैको खान युनिस शहरको एक अस्पतालका अनुसार अल–मवासी क्षेत्रमा पालहरूमा बम विस्फोट हुँदा एक डाक्टर र उनका तीन बालबालिकासहित सात जनाको ज्यान गएको छ ।
शनिवार अबेर इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकालेर युद्धविराम प्रस्तावमा हमासले गर्न खोजेको परिवर्तन अस्वीकार रहेको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न इजरायल र हमासलाई आग्रह गरेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई वाशिङ्गटनमा भेट्ने तय भएको छ । भेटमा महत्त्वपूर्ण घोषणा हुन सक्ने खबरमा उल्लेख छ ।
News Desk 0 response आइतवार, असार २२, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


