

-
प्यालेस्टिनी विद्रोही समूह हमासले अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न तयार रहेको जनाएको छ । हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको बताएको बीबीसीले जनाएको छ ।
हमासले विज्ञप्ति जारी गर्दै तत्काल वार्ताका लागि तयार रहेको बताएको छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको बताएका छन् ।
यद्यपि हमासले अमेरिकी प्रस्तावमा संशोधनको माग गरेको छ । यसबारेमा अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो गाजामा अर्को हप्तासम्म युद्धविराम सम्झौता हुन सक्ने बताएका थिए । ट्रम्पले गएको मङ्गलवार इजरायलले ६० दिनको युद्धविरामका लागि शर्तहरू स्वीकार गरेको बताएका थिए ।
ट्रम्पले हमासलाई यो प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए । यदि हमासले यो प्रस्ताव अस्वीकार गरे स्थिति बिग्रन सक्ने उनले चेतावनी दिएका थिए ।
युद्धविराम प्रस्तावमा हमासले १० जीवित इजरायली बन्धकको क्रमिक रिहाइ र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा १८ अन्य बन्धकको शव समावेश गर्ने खबरमा उल्लेख छ । यस्तै संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा गाजामा पर्याप्त मात्रामा मानवीय सहायता उपलब्ध गराउने कुरा पनि प्रस्तावमा छ ।
News Desk 0 response शनिबार, असार २१, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


