

-
काठमाडौँ । सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा आज भएको १२औँ चरणको खेलमा सरस्वती च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै बी डिभिजन लिगमा घटुवा भएको हो । नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल खेल्न बाँकी छँदै बी डिभिजनमा घटुवा भएको हो ।
सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो । क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो । यसअघि विसं २०६३ मा पहिलो पटक ’ए’ डिभिजन लिग खेलेको सरस्वती सोही वर्ष बी डिभिजनमा घटुवा भएको थियो । त्यसयता ए डिभिजनमा रहेर खेलिरहेको थियो ।
च्यासलको जितमा जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एकएक गोल गरे । सरस्वतीका लागि भने काजिम बुसारीले एक गोल फर्काए । खेलको १८औँ मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६६औँ मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सरस्वतीका बुसारीले एक गोल फर्काएपछि २–१ को स्थितिमा पुगेको हो । खेलको म्यान अफ दि म्याच च्यासलका नाकामुरा चुनिए । च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अङ्क जोड्यो । अब सरस्वतीले लिगको अन्तिम खेलमा सङ्कटा क्लबसँग खेल्नेछ । सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अङ्क जोडेर लिगको नवौँ स्थानमा उक्लिएको छ । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



