

-
अमेरिकाले इरानमा प्रत्यक्ष युद्ध शुरू गरेको विषयमा अमेरिकाभित्रै पनि विरोध भएको छ । इरानसँगको युद्धमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले आज बिहान इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेपछि अमेरिकाको विरोध भएको हो । कैयौं रिपब्लिक नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरे पनि केही डेमोक्रेट र रिपब्लिकन सांसदहरूले यो निर्णयलाई असंवैधानिक र खतरनाक बताएका बीबीसीले जनाएको छ ।
यस्तै संयुक्त राष्ट्रसङ्घले इजरायल र इरानबीच बढ्दो सङ्घर्षमा चिन्ता व्यक्त गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले अवस्था निकै खतरनाक भइसकेको र अब यो युद्ध तीव्र गतिमा नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिएका छन् ।
विश्वभरका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमलाई लिएर आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले भने शान्ति वार्ताको वातावरण बनाउन आक्रमण गरेको दाबी गर्दै यदि अब पनि इरान शान्ति वार्ताका लागि तयार नभए अझै आक्रमण बढ्ने चेतावनी दिएका छन् ।
फक्स न्युजका अनुसार अमेरिकी सेनाले फोर्दोको न्युक्लियर साइटमा ५ देखि ६ वटा बी–२ बम्बर अर्थात् बङ्कर ध्वस्त पार्ने बम खसालेको छ । पहिले फोर्दो न्युक्लिएर साइट नष्ट गर्न २ वटा बङ्कर बस्टरको आवश्यक पर्ने अनुमान गरिएको थियो । अमेरिकाले इस्फाहान र नतान्जमा ३० टमहक क्रुज मिसाइल प्रहार गरेको छ । यिनलाई ४ सय माइल टाढा अमेरिकी पनडुब्बीबाट लन्च गरेको हो ।
तर इरानले अमेरिकाको यो आक्रमणबाट ठूलो क्षति नभएको र परमाणुसँग सम्बन्धित सबै संरचना पहिल्यै सारिसकिएको दाबी गरेको छ । इरानी परमाणु ऊर्जा संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी आक्रमणमा परमाणु क्षेत्रमा कुनै प्रकारको रेडिएसन चुहावट नभएको बताएको छ ।
यसैबीच इरानले इजरायलको राजधानी तेल अभिभको विमानस्थलसहित महत्त्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ । इरानी सेनाका अनुसार यो आक्रमणमा धेरै शक्तिशाली विष्फोटक पदार्थ राखिएका लामो दूरीका मिसाइलहरूको प्रयोग भएका छन् । हवाई अड्डा, एक बायोलोजिकल रिसर्च सेन्टर, हतियारको केन्द्र र सेनाको कमान्ड क्षेत्रलाई निशाना बनाएको इरानले जनाएको छ ।
इरानको ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलको मध्य र उत्तरी क्षेत्रमा २३ जना घाइते भएका छन् । यस्तै इजरायलले पनि इरानमा मिसाइल प्रहार गरिरहेको छ ।
News Desk 0 response आइतवार, असार ८, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


