

-
गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रम सहित सैन्य पूर्वाधार लक्षित आक्रमण गरेपछि सुरू भएको दुई देशबीचको द्वन्द्व ६ दिनदेखि चलिरहेको छ ।
गैरनाफामुखी संस्था मानव अधिकारकर्मी समाचार एजेन्सी ९एनआरएएन० को तथ्याङ्क अनुसार इजरायली आक्रमणका कारण इरानमा ४ सय ५२ जनाको ज्यान गएको र ६ सय ४६ जना घाइते भएका बीबीसीले जनाएको छ । यस्तै इजरायलमा इरानी आक्रमणमा परेर २४ जनाको ज्यान गएको र ८ सय जनाभन्दा धेरै घाइते भएका छन् ।
इजरायली सेनाले द्वन्द्वको छैटौं दिनमा धेरै इरानी युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ । यस्तै इरानी सञ्चारमाध्यमका अनुसार इरानले पहिलो पटक इजरायलमा फतह मिसाइल प्रहार गरेको छ । फतह मिसाइल हाइपरसोनिक हो ।
यसैबीच इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति’ हुने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले चेतावनी दिएका बीबीसीले जनाएको छ । खामेनेईले सरकारी टेलिभिजनमा सन्देश दिँदै इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्।
छैटौं दिन पनि द्वन्द्व जारी रहँदा ट्रम्पले इरानी आणविक सुविधाहरूमा इजरायलको आक्रमणमा सामेल हुनेबारे छलफल गरिरहेका बीबीसीले जनाएको छ । यसअघि ट्रम्पले विनाशर्त आत्मसमर्पणका लागि इरानलाई आग्रह गरेका थिए ।
News Desk 0 response बुधबार, असार ४, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


