

-
आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गरेका छन् । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ ।
कूटनीति र संवाद नै स्थायी शान्तिको एक मात्र बाटो रहेको तर अहिलेको परिस्थितिलाई हेर्दा अमेरिकासँग वार्ता जारी राख्नु नहुने ओमानको भनाइ छ । ओमानले अमेरिका र इरानबीच इरानको परमाणु कार्यक्रमसम्बन्धी वार्ता गर्न मध्यस्थता गरिरहेको छ ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरुको लक्ष्य इरानबाट उत्पन्न हुने परमाणु तथा ब्यालिस्टिक मिसाइलजस्ता दोहोरो खतरा रोक्नु हो भएको बताएका छन् । इरानले २० हजार मिसाइल उत्पादन गर्ने क्षमता बनाउन लागेको नेतन्याहुनको दाबी छ । त्यसैले इजरायलले इरानको उत्पादन क्षमतालाई नष्ट गर्नका लागि कारबाही गरेको बताएका खबरमा उल्लेख छ । चाँडै तेहरानको आकाशमा इजरायली विमान, वायुसेना, र आफ्ना पाइलटहरू देखिने राष्ट्रपति नेतन्याहुले चेतावनी दिएका छन् ।
यसैबीच इरानका राष्ट्रपति मसूद पेजेश्कियानले चेतावनी दिंदै यदि इजरायलले आक्रमण जारी राख्यो भने, अझ ‘कडा’ प्रतिकारको लागि तयार रहनु पर्ने बताएका छन् । गएको बिहिवार इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच अहिले तनाब बढीरहेको छ ।
News Desk 0 response आइतवार, असार १, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


