

-
इरानले इजरायलमा जवाफी आक्रमण गरेको छ । दुई देशले एक अर्कालाई निरन्तर आक्रमण गरिरहेका छन् । इजरायलले हिजो बिहानै इरानमाथि हवाई आक्रमण गरेपछि इरानले जवाफ फर्काएको छ ।
तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू सुनिएका छन् । इरानले यो अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ । उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी आक्रमणबाट इजरायलमा भौतिक क्षति र मानिसहरू हताहत भएका सीएनएनले जनाएको छ । यससँगै तनाव पनि थप चर्किएको छ । इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् ।
उनीहरूले युद्ध शुरू भएको भन्दै थप आक्रमण गर्ने सङ्केत देखाएका छन् । इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एअर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीमाथि एकै पटक आक्रमण गरेको थियो । इरानको राजधानी तेहरान आसपास इजरायलबाट आक्रमण भएको थियो ।
हिजो संयुक्त राष्ट्रसङ्घमा इरानका राजदूत अमिर सइद इराभनीले इजरायली आक्रमण र त्यसले इरानमा पुर्याएको क्षतिबारे ब्रिफिङसमेत गरेका थिए।
इजरायलको आक्रमणबाट इरानमा कम्तीमा ७८ जनाको मृत्यु भएको उनको दाबी छ । ज्यान गुमाउनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भीडीओ सन्देशमा थप आक्रमण बाँकी नै रहेको चेतावनी दिएका छन् ।
त्यस्तै इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले देशभरका नागरिकलाई सुरक्षित ठाउँभन्दा धेरै टाढा नजान सचेत गराएको छ ।
बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ ।
इरानका प्रतिनिधिले अमेरिकालाई इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्मा कारबाहीको समेत माग गरेका छन् ।
इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको शुरुआत’ गरेको बताउँदै ‘हिट एन्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिएका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ ३२, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


