

-
काठमाडौं : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथि कडाइ गर्दै धरपकड तीव्र बनाएपछि सुरु भएको प्रदर्शन चर्किएको छ । पाँच दिनअघि लस एन्जलस (एलए) बाट सुरु भएको प्रदर्शन अहिले अन्य सहर र प्रान्तमा पनि देखिन थालेको बीबीसीले जनाएको छ ।
ल्याटिन बहुलक्षेत्र एलएमा सरकारले अवैध आप्रवासीविरुद्ध छापामारी र गिरफ्तारी सुरु गरेपछि एलएमा प्रदर्शन चर्किएको हो । अमेरिकाकै दोस्रो ठूलो सहर एलएमा प्रदर्शनकारीहरुले नीजि वाहनमा आगजनी गर्नुका साथै लुटपाट मच्याएका रिपोर्ट सार्वजनिक भएका छन् । यसक्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार टेक्सस, न्यूयोर्क, सेन फ्रान्सिस्को, सेन्ट एना, फिलाडेल्फिया, अटलान्टा, शिकागो, वाशिंगटर डीसी, बोस्टन र सिएटलमा भएका प्रदर्शनमा दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकांश सहरमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।
वाशिंगटन डीसीमा ट्रेड युनियनमा आवद्ध व्यक्तिहरुको समूह पनि प्रदर्शनमा उत्रिएका छन् । शिकागोमा पनि हजारौं मानिसहरु डाउनटाउमा प्रदर्शनमा उत्रिएका थिए । एलएमा रातीको समयमा कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू उल्लघंन गर्नेविरुद्ध पनि प्रशासनले धरपकड गरिरहेको गार्जिएनले जनाएको छ ।
नगर प्रमुख करेन बासले डाउनटाउन क्षेत्रमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म १० घण्टे कफ्र्यू लागू गरिएको घोषणा गरेकी छन् । एलएपीडीका अनुसार पछिल्ला दुई दिनमा मात्रै ३०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ ।
क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युसमले ट्रम्प प्रशासनले एलएमा आप्रवासन अधिकारी ९आईसीई० सँगै सैन्य बल प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न अदालतमा आपतकालीन निवेदन दर्ता गरेका थिए ।
उग्र प्रदर्शनपछि ट्रम्पले एलएमा ४,००० नेशनल गार्ड र ७०० मरीन सैनिक तैनाथीको आदेश दिएका छन् । आईसीईले कपडा कारखाना, निर्माण स्थल, कार धुने केन्द्र र आप्रवासी समुदायहरूलाई लक्षित गरी कडा कारबाही थालेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
नेशनल गार्डलाई गिरफ्तारीको अधिकार नभए पनि तिनीहरूलाई संघीय भवनहरूको सुरक्षा गर्न तैनाथ गरिएको ट्रम्प प्रशासनको भनाइ छ । एलएमा देखिएको तनावले संघीय सरकार र राज्य सरकारबीच अधिकारको द्वन्द्व सतहमा देखिएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २९, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


