• भनिन्छ, राजनीतिमा ‘चाटाचाट’ र पिटापिट हुन समय लाग्दैन । एकैछिनमा घनिष्ट सम्वन्ध शत्रुतामा बदलिन्छ भने शत्रुताबाट मित्रतामा बदलिन्छ ।

    त्यसको पछिल्लो उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी एलन मस्क भएका छन् । केही दिन अघिसम्म आपसमा ‘चाटाचाट’ गरिरहेका उनीहरु अहिले एक अर्कालाई सिध्याउने गरि आरोप प्रत्यारोपमा उत्रिएका छन् । उनीहरुको विवादका बीच बिहीबार एकै दिन मस्कको कम्पनी टेस्लाको शेयर मूल्य १४ प्रतिशतले घटेको छ ।

    मस्कले ट्रम्पलाई अविश्वासको प्रस्ताव ल्याएर हटाइ दिने धम्की दिएका छन् भने ट्रम्पले मस्कको कम्पनीलाई सरकारको तर्फबाट भइरहेका सहयोगलाई रोकेर सरकारको अर्बौं रकम जोगाउने चेतावनी दिएका छन् ।

    उनीहरु बिचको विवादले केवल अमेरिकाको मात्र नभएर विश्वकै अर्थ राजनीति तरंगित भएको छ । त्यसको असर शेयर बजारमा परेको छ, अमेरिकाको अन्तरिक्ष अनुसन्धानहरुको भविश्यमाथि परेको छ, मस्क र उनका कम्पनीको भविश्यमाथि परिरहेको छ र साथसाथै ट्रम्पको कार्यकालको बाँकी अवधि कसरी बित्ला रु भन्ने संसय उत्पन्न भएको छ र विवाद चर्कदैं गएपछि त्यसले अन्य देशहरुमा कस्तो प्रभाव पार्ला भन्ने परेको छ ।

    ‘हाम्रो बजेटमा अर्बौं पैसा जोगाउने सबभन्दा सरल उपाय भनेको एलोन मस्कले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुनेछ’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्कलाई धम्की दिंदै लेखेका छन् ।

    त्यस लगत्तै मस्कले ट्रम्पलाई संसदबाट महाभियोग लगाएर हटाउन पहल गर्ने गरे । साथै उनले आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाएर देखाइदिन चुनौति दिए ।

    मस्कले भनेझैं ट्रम्प विरुद्ध तत्कालै संसदमा अविश्वांस प्रस्ताव दर्ता हुने र त्यो पास हुने अवस्था छैन । तर, उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावहरूमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई ‘राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई गरे जस्तै’ आर्थिक सहयोग दिन सक्छन् । अर्थात् ट्रम्प समर्थकलाई हराउन करोडौं डलर खर्च गर्न सक्छन् ।

    राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन मस्कले कम्तिमा २८ करोड डलर खर्च गरेको तथ्य सार्वजनिक भएको छ । त्यही तहको खर्च आगामी संसदीय निर्वाचनमा उनले ट्रम्प विरोधि उम्मेद्वारहरुलाई जिताउन गरे भने त्यसले निर्वाचन परिणाम नै फरक पर्न सक्छ र ट्रम्पको बाँकी कार्यकाल थप असहज हुन सक्छ ।

    कतिसम्म भने बिहीवार राती मस्कले ट्रम्पका अहिलेसम्म नखुलेका ‘यौन स्क्याण्डलहरु’ सार्वजनिक गर्ने धम्की दिंदै ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खस्न बाँकी रहेको र त्यो कुनै पनि बेला खस्न सक्ने चेतावनी दिएका छन् ।

    ‘राष्ट्रपतिका रूपमा ट्रम्पसँग अब साढे तीन वर्ष बाँकी छ तर म अझै ४० वर्षभन्दा बढ्ता यहीँ हुने छु’ ट्रम्पले आफूसँग निहुँ खोज्नु बेकार हुने दावी गर्दै मस्कले एक्समा लेखेका छन् ।

    करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी ९डोज० हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए ।