

-
भारतको बिहारका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालू प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अबदेखि पार्टी र परिवारमा तेज प्रतापको कुनै पनि प्रकारको भूमिका नहुने बताएका छन् ।
जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार आफूहरूको पारिवारिक मूल्य–मान्यता र परम्परा अनुरूप नरहेको उनले उल्लेख गरे । निजी जीवनमा नैतिक मूल्य–मान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायका लागि आफूहरूको सामूहिक सङ्घर्षलाई कमजोर बनाउने आरजेडीका अध्यक्ष यादवले लेखेका छन् ।
यसअघि आरजेडी नेता तेज प्रतापको फेसबुक अकाउन्टको एउटा पोस्टलाई लिएर विपक्षीले आरजेडीलाई निशाना बनाएका थिए । यसपछि तेज प्रतापले एक्समा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ह्याक’ भएको र आफ्ना तस्वीररहरू गलत तरिकाले सम्पादन भएको बताएका छन् ।
यसैबीच आफ्ना दाइ तेज प्रतापलाई पार्टीबाट निष्कासन गर्ने निर्णयबारे पत्रकारहरूसँग कुरा गर्दै तेजस्वी यादवले यी कुराहरू सहन नसकिने प्रतिक्रिया दिएका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ १२, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


