

-
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ । अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिरहनुभएको छ । विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फर्किनुभएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाउनुभयो । अहिलेसम्मको खेलमा नेपालको ओपनिङ कमजोर देखिएको छ । नेपाल ओमानसितको खेलमा उक्त कमजोरी सुधार्ने प्रयासमा छ ।
अमेरिकासितको खेलमा नेपालले ४९ रनको स्कोर छँदा पाँच विकेट गुमाएको थियो । कुशल मल्ल र विनोद भण्डारीले नै खेलमा जितको आधार बनाउनुभएको थियो । कुशलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभयो । विनोदले ५९ रन बनाउनुभयो । यसअघि पहिलो खेलमा ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो । नेपालले ओमानलाई दबाबमा राख्नका लागि २५० रनको स्कोर बनाउनुपर्ने छ । अनि मात्र आजको खेलमा ओमानलाई हराउन सकिने छ ।
नेपाल ब्याटिङका लागि ओपनर सुवास र ज्ञानेन्द्रका साथै पारस खड्का, विनोद भण्डारी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भर पर्नेछ । छ वटै खेलाडीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याउन सके ओमानलाई हराउन त्यति असहज हुनेछैन । यसका साथै नेपालको बलियो पक्ष बलिङ नै हो । ओमानसितको पहिलो खेलमा अन्तिम १० ओभरमा फितलो बलिङका कारण नेपाल हारेको थियो । अमेरिकासितको खेलमा भने नेपालले उत्कृष्ट बलिङ ग¥यो । अमेरिकाले स्कोर २९ रन छँदा पाँच विकेट गुमाएको थियो । करन केसीले चार विकेट लिनुभयो । यस्तै सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो । ओमानसितको आजको खेलमा पनि अमेरिकासितको शनिबारको खेलमा जस्तै उत्कृष्ट बलिङ गर्न सके नेपालका लागि जित टाढा हुनेछैन । ओमानले हालसम्म आठ खेल खेलेको छ । उसले छ खेलमा जित तथा दुई खेलमा हारका साथ १२ अङ्क जोडेको छ । ओमान लिगको दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ । नेपालले भने हालसम्म खेलेको दुई खेलमा एकमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ ।
आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । रासस
News Desk 0 response आइतवार, माघ २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


