

-
भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई भोलि ुसिभिल डिफेन्सु पूर्वाभ्यास अर्थात् ‘मक ड्रिल’ गर्न निर्देशन दिएको छ । पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीचमा यसलाई धेरै महत्त्वपूर्ण मानिएको बीबीसी हिन्दीले जनाएको छ ।
गृह मन्त्रालयको जनरल फायर सर्भिस, सिभिल डिफेन्स एन्ड होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयका तर्फबाट २४४ सूचीबद्ध जिल्लामा ‘सिभिल डिफेन्स’ को अभ्यास र पूर्वाभ्यास गर्न निर्देशन दिइएको खबरमा उल्लेख छ ।
‘सिभिल डिफेन्स’ को कानून अनुसार गृह मन्त्रालयसँग राज्यहरूलाई यस प्रकारको पूर्वाभ्यासको निर्देशन दिने अधिकार रहन्छ । पूर्वाभ्यासमा कुनै आपत्कालीन स्थितिमा मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने जाँच्न खोजिन्छ । आमरूपमा कुनै हमला, घटना या आगजनीजस्तो आपत्कालीन स्थितिका लागि कस्तो तयारी छ भन्ने जान्नका लागि पूर्वाभ्यास गरिन्छ ।
भोलिको पूर्वाभ्यास शहरदेखि ग्रामीण स्तरसम्म हुनेछ । यस्तै पूर्वाभ्यासमा हवाई हमलाको चेतावनी कति प्रभावकारी छ भन्ने जान्ने, ‘कन्ट्रोल रूम’ को कामकाज कस्तो छ हेर्ने र आमसर्वसाधारण तथा युवाहरूलाई हमलाका दौरान गर्नुपर्ने कामको तालिम दिने कुरा पनि समावेश छ । पूर्वाभ्यासमा यदि बिजुली पूर्णरूपमा बन्द भयो भने त्यो स्थितिमा के उपाय गर्न सकिन्छ भन्ने पनि हेर्ने जाँचिन्छ ।
२६ जनाको ज्यान जाने गरी भएको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै चिसिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


