

-
काठमाडौँ । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।
त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो ।
त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३२८ अङक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।
यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



