

-
अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ५ अर्ब ५८ करोड अमेरिकी डलर बराबरको लडाकू विमान फिलिपिन्सलाई बिक्री गर्न लागेको बताएको एएफपीले जनाएको छ ।
यी लडाकू विमान बिक्रीले दक्षिणपूर्वी एशियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण शक्तिका रूपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा सुधार ल्याउने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच महिनौंदेखि चलिरहेको टकरावपछि यो समाचार सार्वजनिक भएको हो । यसले चीन र फिलिपिन्सबीचको टकराब अझ बढ्ने देखिएको छ । चीनले फिलिपिन्सले क्षेत्रीय शान्तिलाई ‘चुनौती’ दिइरहेको भन्दै उसलाई लडाकू विमान खरिद नगर्न चेतावनी दिएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले फिलिपिन्सको अन्य देशसँगको रक्षा र सुरक्षा सहकार्यले कुनै पनि तेस्रो पक्षको हितलाई हानि पुर्याउन नहुने बताएका छन् ।
फिलिपिन्स र अमेरिकाले सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि र दक्षिण चीन सागरमा चीनको व्यापक दाबीलाई पछाडि धकेल्न थालेपछि आफ्नो रक्षा सहयोगलाई अझ प्रगाढ बनाएका छन् ।
गएको डिसेम्बरमा फिलिपिन्सले आफ्नो सामुद्रिक हितलाई सुरक्षित राख्न अमेरिकाको मध्यम दूरीको टाइफन क्षेप्यास्त्र प्रणाली अधिग्रहण गर्ने योजना बनाएको बताएपछि चीन आक्रोशित बनेको थियो । चीनले यस्तो खरिदले क्षेत्रीय ‘हतियारको होडबाजी’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
मङ्गलवार चिनियाँ जहाज र लडाकू विमानले ताइवानलाई सिमुलेटेड नाकाबन्दीमा घेरिरहेका बेला फिलिपिन्सका सैन्य प्रमुख जनरल रोमियो ब्राओनरले स्वशासित टापुमा आक्रमण गरिएमा आफ्नो देश ‘अनिवार्य रूपमा’ संलग्न हुने बताएका थिए ।
News Desk 0 response बुधबार, चैत्र १९, २०८१

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


