

-
बागलुङ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट नगरपालिका–१० की सुस्मिता पुन, कराँतेमै कास्यपदक विजेता तमानखोलाकै राजकुमार रसाइलीलाई क्रमशः नगद रु १० हजार, सात हजार ५०० र पाँच हजारसहित सम्मान गरिएको हो ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घ बागलुङको संयोजनमा यहाँ जारी दोस्रो बागलुङ मेयरकप राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतले संयुक्तरुपमा नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
खेलका माध्यमबाट जिल्ला र देशकै गौरव बढाएका खेलाडीलाई सम्मान गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । सोही अवसरमा नेपाल कराँते सङ्घ बागलुङले पनि कराँतेमा पदक विजेता नवीन र राजकुमारलाई जनही रु पाँच हजारसहित सम्मान गरेको थियो । नवीन र राजकुमार एकाघरका दुई भाइ हुनुहुन्छ । हाल काठमाडौँमा बस्दै आउनुभएका रसाइली दाजुभाइ विगत १२ वर्षदेखि कराँते खेलमा आबद्ध हुनुहुन्छ । यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकूदमासमेत नवीनले स्वर्ण र राजकुमारले रजत पदक जित्नुभएको थियो । रासस
News Desk 0 response आइतवार, माघ १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



