• काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने सम्भावित कार्यसूचीमा छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।