

-
चितवन । चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।
नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती र्यापिडसको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, ट्रफी, मेडल र उपविजेताले रु एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट अलराउण्डरको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले चितवनमै क्रिकेट रङ्गशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस
News Desk 0 response बिहिबार, माघ १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



