

-
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटि भएको भन्दै क्षमा मागेका छन् ।
विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा कोइरालाले यस्तो बताएका हुन् ।
संविधानसभाबाट संविधान जारी गर्दा हतारमा भएको र धेरै त्रुटि भएको भन्दै उनले क्षमा मागे । ‘धेरै कुराहरू संविधानमा संशोधन गर्नुपर्ने छ । हतारमा संविधान बनायौँ । सरी फर द्याट । म तपाईँहरूसँग क्षमा माग्छु । म पनि ड्राफ्टिङ कमिटीको मान्छे भएकोले क्षमा माग्न त पाइन्छ,’ कोइरालाले भने ।
उनले संविधान जारी गर्नुभन्दा अगाडि जनतामा गएर ल्याएको सुझावको पोका अहिलेसम्म नखुलेको भन्दै असन्तुष्टि जनाए । ‘त्यो सुझावको पोका अहिलेसम्म खुलेको छैन । त्यहाँ हामीले सोचेको भन्दा भिन्न विषय थिए जस्तो लाग्छ । संविधान हामीले सोचेको भन्दा भिन्न बनायौँ कि भन्ने लाग्छ,’ उनले भने ।
उनले संविधानमा स्थानीय तहको अधिकारबारे उल्लेखित विषयहरू युरोपियन युनियनको कपिपेस्ट गरेर राखेको दाबी गरे । ‘त्यहाँ मिसम्याच भयो । युरोपियन युनियनको कुनै कन्ट्रीको कपी-पेस्ट गरेर राखियो,’ कोइरालाले भने ।
उनले अहिले नेपाली कांग्रेस सेकेण्ड पार्टीको रूपमा काम गरिरहनु विडम्बना भएको पनि बताए । ‘प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ति शुद्धीकरण सबै कम्युनिस्टहरुको हातमा छ । कांग्रेस बोल्न सकिरहेको छैन । किन बोल्न सकिरहेको छैन ?,’ उनले प्रश्न गरे ।
उनले अदालत शाही कालमा जति पनि स्वतन्त्र नरहेको दाबी गरे । ‘राजाको कार्यकालमा शाही आयोग खारेज गरेको होइन अदालतले रु त्यत्रो राजा ज्ञानेन्द्रको जगजगी भएको बेलामा रु शाही आयोग खारेज गर्ने त न्यायाधीश नै हुनुहुन्थ्यो नि त । अहिले त्यो आँट उहाँहरूको छैन । किन ?,’ उनले नियुक्तिदेखि नै भागबण्डा हुने गरेको कारण यस्तो भएको उल्लेख गर्दै भने ।
अर्को प्रसंगमा उनले कांग्रेसले आफ्नो कोर भ्यालु घटाउँदै गएको पनि दाबी गरे । ‘कांग्रेसको इमान के हो रु कांग्रेसको कोर भ्याल्यु के हो रु जुन बिपी कोइरालाले बनाएको कोर भ्यालु हो त्यो अहिले ह्रास आइरहेको छ,’ उनले सरकारले ल्याएको अध्यादेशबारे टिप्पणी गर्दै भने, ‘दुई जना चार जना बस्ने अनि ओलीजीले प्रधानमन्त्रीले भन्नुभयो अध्यादेश ल्याऊँ अनि ल्याइदिने रु देश त्यसरी चल्दैन । नेपाली कांग्रेसलाई थाहा नै छैन । चार जना बस्नु भयो अध्यादेश ल्याइदिनु भयो । ओलीजीले भन्नुभयो सभापतिले मान्दिनु भयो । त्यो तरिकाले पार्टी पनि चल्दैन । संसद्मा विरोध हुन्छ ।’
News Desk 0 response शुक्रबार, माघ १८, २०८१

सम्बन्धित शीर्षकहरु
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश जारी
शुक्रबार, बैशाख १८, २०८३-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



