

-
सन् २०२४ मा अमेरिकाको हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १८ अर्ब ७० करोड डलर पुगेको छ ।
विशेषगरी युक्रेन र इजरायलमा हुने विक्रिमा ठूलो वृद्धि देखिएको विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । हतियार बिक्रीको वृद्धि यो वर्ष पनि बढ्ने देखिएको छ । किनकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशहरुले जीडीपीको पाँच प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने एजेन्डा बलियो बनाउने अनुमान छ ।
विश्वका विभिन्न क्षेत्रमा भइरहेको युद्धका कारण अमेरिकाबाट हतियार किन्ने निवेदन अमेरिकी रक्षा मन्त्रालयमा थुप्रिएका छन् । सन् २०२४ मा टर्कीमा २३ अर्ब डलरको एफ–१६ जेट बिक्री र स्तरोन्नती, इजरायलमा झन्डै १९ अर्ब डलरको एफ–१५ लडाकू जेट र रोमानियामा साढे दुई अर्ब डलरको एम वन ए टू अब्राम्स ट्याङ्क पनि बिक्री भएका थिए । यी निकै ठूला कारोबार हुन् ।
विदेशी सरकारहरूले अमेरिकी कम्पनीहरूबाट हतियार खरिद गर्ने दुई वटा प्रमुख तरिकाहरू छन् । एउटा सिधैं अमेरिकी कम्पनीसँग खरिद वा अमेरिकी सेना र रक्षा विभाग हुँदै गरिने खरिद रहेको छ । तर दुवै खरिदको लागि अमेरिकी सरकारको स्वीकृति चाहिन्छ ।
अमेरिकी कम्पनीहरूको प्रत्यक्ष हतियार बिक्री आर्थिक वर्ष २०२३ मा एक खर्ब ५७ अर्ब ५० करोड डलरबाट बढेर २०२४ मा दुई खर्ब आठ अर्ब डलर पुगेको छ । जबकी अमेरिकी सरकारमार्फत भएको बिक्री २०२४ मा एक खर्ब १७ अर्ब नौ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष ८० अर्ब ९० करोड डलर थियो ।
News Desk 0 response शनिबार, माघ १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


