

-
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजा युद्धविराम र बन्धक सम्झौताको लागि भइरहेको वार्ताको प्रगतिबारे छलफल भएको छ ।
नेतान्याहुको कार्यालयले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई कतारमा भइरहेको बन्धक रिहाइसम्बन्धी वार्तामा भएको प्रगति र युद्धविराम सम्झौताका लागि वार्ता टोलीलाई इजरायलले दिएको जनादेशबारे जानकारी गराउनुभएको उल्लेख छ ।
उनले कतारमा चलिरहेको वार्तामा हिजो बसेको इजरायली मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठक सकारात्मक भएको र यस हप्ताको अन्त्यसम्ममा शान्ति सम्झौताबारे टुङ्गो लाग्नेमा आशावादी रहेको बताएका छन् ।
यसैबीच ह्वाइट हाउसले पनि राष्ट्रपति बाइडेन र नेतान्याहुले दोहामा भएको वार्तामा अमेरिकी राष्ट्रपतिले ‘मे’ महिनामा राखेको प्रस्तावको आधारमा छलफल भएको सीएनएनले जनाएको छ । बाइडेनले फेरि गाजामा तत्काल युद्धविराम, बन्धकहरूलाई फिर्ता गर्न र मानवीय सहायता बढाउन आह्वान गरेका छन् ।
गएको नोभेम्बरमा लेबनानमा भएको युद्धविराम, त्यसपछि सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको शासनको पतन र यस क्षेत्रमा इरानको कमजोर स्थितिको बारेमा पनि बाइडेन र नेतान्याहुले समीक्षा गर्नुभएको खबरमा उल्लेख छ ।
अघिल्लो वर्षको अक्टोबरपछि बाइडेन र नेतान्याहुबीच पहिलोपल्ट सार्वजनिक रुपमा औपचारिक भेटवार्ता भएको हो । गएको वर्ष ‘मे’ महिनामा बाइडेनले राख्नुभएको शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरेको थियो ।
यसै सन्दर्भमा युद्धविराम सम्झौता प्रस्तावका प्रमुख आलोचकहरूलाई वार्तामा बोलाउने प्रयासका लागि बाइडेन रनेतान्याहुबीच भेटवार्ता भएको हो ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले वर्तमान अमेरिकी प्रशासन र आउँदै गरेको डोनाल्ड ट्रम्प प्रशासन दुवैबाट युद्धविराम सम्झौतामा पुग्न दबाब सामना गरिरहेका छन् ।
News Desk 0 response सोमवार, पुस २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


