

-
काठमाडौं : युक्रेनले आफ्नो भू–भाग भएर युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक लगाएको जनाएको छ । ५ वर्षको ट्रान्जिट सम्झौता बुधबार अन्त्य भएसँगै तेलको ढुवानीमा रोक लगाइएको युक्रेनले जनाएको छ ।
रुस र युक्रेनबीचको युद्ध सुरुवात भएको चौथो वर्ष लागेसँगै युरोपियन युनियनमा ग्यास ढुवानी गर्ने रुसको यो सबैभन्दा पुरानो मार्ग बन्द हुने अपेक्षा पहिले नै गरिएको थियो । युक्रेनका उर्जा मन्त्रीले देशको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै रुससँगको सम्झौता अन्त्य गरिएको बताए ।
‘हामीले रुसी ग्यासको ट्रान्जिटमा रोक लगाएका छौं । यो ऐतिहासिक कदम हो,’उर्जामन्त्रीले विज्ञप्तीमा भनेका छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेएता युरोपेली युनियनले रुसमाथिको परिनिर्भरता कम गर्दै उर्जा आपूर्तिको विविधकरणमा जोड दिन थालेको छ । पछिल्लो समय रुसबाट युरोपमा पाइपलाइन ग्यासको आयातमा उल्लेख्य कमी आएको छ । युरोपियन काउन्सिलका अनुसार सन् २०२१ मा ४० प्रतिशत रहेको पाइपलाइन ग्यासको आयात सन् २०२३ मा घटेर ८ प्रतिशतमा सीमित बनेको छ ।
युक्रेनले ट्रान्जिट सम्झौता अन्त्य गरेसँगै अब युरोपमा पाइपलाइनबाट ग्यास निर्यात गर्नका लागि रुससँग थप एउटा मात्रै विकल्प बाँकी रहेको छ । अब रुससँग टर्कीदेखि बुलगेरियासम्म फैलिएको ट्रकस्ट्रिम पाइपलाइन मात्रै बाँकी रहेको छ ।
गत वर्ष, २०१९ मा युक्रेनको नाफ्टोगाजसँग ट्रान्जिट सम्झौतामा हस्ताक्षर गर्ने क्रेमलिनको स्वामित्वमा रहेको ग्यास कम्पनी ग्याजप्रोमले ६।९ बिलियन घाटाबरारबरको घाटा व्यहोरेको थियो । जुन २० वर्षको इतिहासमा पहिलो घाटा हो ।
युक्रेनले अहिले रुसबाट ट्रान्जिट शुल्कमा वार्षिक ८०० मिलियन घाटाको सामना गरिरहेको छ ।
News Desk 0 response बुधबार, पुस १७, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


